२७ चैत , काठमाडौं । निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्म ‘महापुरुष’ निर्माणको घोषणा गरेका छन् ।
उनको आफ्नै लेखन तथा निर्देशन रहने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र अरुण क्षेत्री मुख्य भूमिकामा रहने छन् । दीपेश खत्रीको निर्माण तथा कार्यकारी निर्मातामा रवीन्द्र सिँह बानिया रहने छन् ।
वैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने जनाइएको छ ।







