Comments Add Comment

Advertisment

SKIP THIS

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

२९ चैत , काठमाडौं । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको हो ।

उनीसहित ४ जना कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए । बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो-हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु