Comments Add Comment

Advertisment

SKIP THIS

गायक मिलनको ‘आमा’ बोलको गीत सार्वजनिक

१० बैशाख , काठमाडौं । अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तर रुपमा अगाडि बढाईरहेका गायक मिलन श्रेष्ठले मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

राजनराज शिवाकोटी शब्दसँगै संगीत रहेको गीतलाई सञ्जीव बराईलीले एरेन्ज गरेका हुन् । गीतमा आमा र छोरा बीचको सम्बन्धलाई देखाइएको छ ।

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा स्वयम् गायक मिलनसँग अभिनेत्री रश्मी भट्ट फिचर्ड छिन् ।

निशाल पौडेलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै