Comments Add Comment

Advertisment

SKIP THIS

ग्लोबल आईएमई बैंकको केवाईसी प्रणाली सुरु

१४ बैशाख , काठमाडौं । ग्लोबल आईएमई बैंकले भिडियो केवाईसी प्रणाली सुरु गरेको छ । बैंक र डिजिटल नेटवर्क सोलुसनबीच भिडियो केवाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुरु गरेको जनाइएको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । बैंकले सुरु गरेको यो सेवाले ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै