१० असार , काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषधको कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ घर भई हाल कोहलपुर ११ एनटिभि स्थित डेविट खाजा घर संचालक वर्ष ६६ की मिना मल्ल, मल्लकी छोरा वर्ष ३७ को राजेश मल्ला र सोही ठाउँ बस्ने वर्ष २७ का रामेश खनाल रहेका छन ।
खाजा घरमा लागू औषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा बिहिबार साँझ साढे ४ बजेको समयमा उक्त खाजा घरमा प्रहरी नायव निरिक्षक गोपाल कुमार मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध फेला पारी पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भयो ।
‘‘शंकास्पद अवस्थामा डेविट खाजा भित्र फेला पारी उनीहरुको शरिर रितपुर्वक खानतलासी गर्दा खाजा घर संचालक मिना मल्लाले लगाएको सुरुवालको दाँया तर्फको खन्तीमा लुकाई छिपाई राखेको पहेलो रङको सानो प्लाष्टिकको डिब्बा भित्र ३९ वटा सेतो प्लाष्टिकका पुडियामा लागू औषध ब्राउन सुगर भेटिएको’’ उनले भने ।
उक्त बरामदका लागुऔषध ३ ग्राम ४० मिलिग्राम लागुऔषध रहको डिएसपी मल्लाले बताउनु भयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।