Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीमा एआईजी बढुवाको लागि आवेदन माग : दुई एआईजी पद रिक्त हुँदै

१७ वैशाख , काठमाडौ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि आवेदन माग गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसीले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा यही बैशाख १९ पछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् ।

यहि बैशाख १८ मध्यरातदेखि सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले तीसवर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउदैछन् । महानिरीक्षक पुष्पराम केसीको अवकाशपछि सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्नेछ ।

सशस्त्र प्रहरी बलमा रिक्त हुने दुई एआईजी पदको लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम प्रमुख दावेदार हुन् । नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका पौडेल र नेपाली सेनाबाट स्थानान्तरण भएका गौतमलाई आगामी साता एआईजीमा बढुवाको लागि सिफारिस गर्ने तयारी गरिएको छ ।

महानिरीक्षक केसीले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

यस्तो छ बढुवा आवेदनको लागि प्रकाशित सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै