१८ बैशाख , काठमाडौं । काठमाडौंमा स्रोत नखुलेको १६ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर यादव रहेका छन् ।

काठमाडौं महानगरपालिका १६ माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको रकम बरामद गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।







