Comments Add Comment

Advertisment

SKIP THIS

कालीमाटी प्रहरीद्वारा सालकको खपेटा सहित दुई जनालाई पक्राउ 

काठमाण्डौ महानगरपालीका वडा नं. १४ स्युचाटारको पुलबाट संरक्षित वन्यजन्तु सालकको खपेटासहित सहित दुई जनालाई प्रहरीले पक्राउ गरेकोे छ । सालकको खपेटा बिक्रि गर्न खोजिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटाएका डिएसपी अनिलकुमार घिमिरे सहितको टोलीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला घर भई काठमाण्डौ बुढानीलकण्ठ बस्ने बर्ष ३४ को जयराम तामाङ र सोही जिल्ला घर भई काठमाण्डौ मनमैजु बस्ने बर्ष ३२ को रबी तामाङ रहेको कालिमाटी प्रहरी वृत्तका प्रमुख डिएसपी अनिलकुमार घिमिरेले बताए ।

डिएसपी घिमिरेका अनुसार उनिहरुको साथबाट रातो रंगको जेव्रा झोलामा रहेको बन्य जन्तु सालकको खपेटा २ किलो ५४२ ग्राम, बागमती प्रदेश ०२-०३० प ६७५१ नम्बरको मोटरसाइकल र दुईवटा मोबाइल बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भईरहेको डिएसपी घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै