Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले ल्‍यापटप, क्यामेरा र मोबाइल चोरेको आरोपमा दुई जनालाई पक्राउ

प्रहरीले ल्‍यापटप, क्यामेरा र मोबाइल चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

चोरीको गुनासो बढेको उजुरी आएपछि जिल्ला प्रहरी परिसरले काठमाडौंका बालाजुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्‍ने ३० वर्षीय सुर्य पतुवार र धादिङको गंगाजमुना गाउँपालिका-३ घर भई हाल तारकेश्वर -४ सानो पुल बस्‍ने १८ वर्षीय मनोज थापा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एचपीको ल्यापटप १ थान, क्‍यामेरा २ थान र विभिन्‍न कम्पनीका मोबाइलहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप अनुमति लिई वृत बालाजुबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै