Comments Add Comment

Advertisment

SKIP THIS

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

०१ जेठ , काठमाडौं । आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ । सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।

अस्पतालमा आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो। केही अस्पतालहरूले भने आइतबार पनि ओपिडी सेवा दिने भएका छन् । आइतबार पनि बिदा दिनेमा कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पताल रहेका छन् ।

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै