Comments Add Comment

Advertisment

SKIP THIS

गिरिराजमणि पोखरेलको वडामै एमालेसँग हार्‍यो माओवादीले

०३ जेठ , काठमाडौं । नेकपा माओवादीका नेता गिरिराजमणि पोखरेलको वडामै माओवादी केन्द्रले हारेको छ ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी केन्द्रका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।

बर्दिबास-३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन स्थान गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै