Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशमा ३३ दलको जमानत जफत

२९ मंसिर , काठमाडौँ । बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशमा १ मा ३० वटा राजनीतिक दलको जमानत जफत भएको छ । मधेश प्रदेशमा २६, गण्डकीमा २४ वटा दलले जमानत रकम फिर्ता पाएनन् । आयोगका अनुसार लुम्बिनी प्रदेश कर्णालीमा २२/२२ वटा दलको जमानत जफत भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको आयोगले जनाएको छ । यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै