Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरमा बालेनको मत १३८७७ पुग्यो

०३ जेठ , काठमाडौं । काठमाडौँ महानगरमा बालेन साहले दोब्बरले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ८७७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८७८ मत ल्याएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत ल्याएकी छन् । काठमाडौँका भित्री क्षेत्रमा पनि बालेन साहको अग्रता बढ्दै गएको छ । उनको तुलनामा स्थापित र सिंहको मत भने निकै कम छ ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् । उनले अरु उम्मेद्वारभन्दा भारी मतान्तर बढाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment