Comments Add Comment

Advertisment

SKIP THIS

केशव स्थापितको वडामा एमाले ‘क्लिन स्विप’, वडाध्यक्षदेखि सदस्यसम्म सबै कांग्रेसको पोल्टामा

०६ जेठ , काठमाडौं । काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापितको वडा २८ मा एमाले ‘क्लिन स्विप’ भएको छ।

यस वडामा वडाध्यक्षदेखि सबै सदस्यमा कांग्रेसका उम्मेदवारले जित निकालेको छ।वडा २८ मा कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले १२८२ मत पाउँदा एमालेका विपेन्द्र खड्कीले १०७० मत पाए। यसैगरी वडा सदस्य पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन्।

महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्की,दलित महिला सदस्यमा कांग्रेसकी ललिता कार्की दली र दुई पुरुष वडा सदस्यमा कांग्रेसकै अरुण तन्डुकार र वीरेन्द्र महर्जन निर्वाचित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै