Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता

०८ जेठ , काठमाडौं । अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।

दुई दिन अघि नेपाल आएकी जियाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटेकी हुन् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा जियाको नेपाल भ्रमण भएको हो ।

तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया भारत भ्रमण सकेर नेपाल आएकी हुन्। भारतमा रहँदा उनले दलाई लामासँगसमेत भेट गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment