Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा गोली लागेर मृत्यु हुनेको संख्या २१ पुग्यो

११ जेठ , काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

रोब प्राथमिक विद्यालयमा भएको गोली प्रहारबाट १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् । आक्रमणमा केही घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै