Comments Add Comment

Advertisment

SKIP THIS

गगन थापालाई शान्ता चौधरीले भनिन्, ’तपाईंमा मानवता हराएको जस्तो लाग्यो

१४ जेठ , काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मानवता हराउँदै गएको होकी भनेर प्रश्न गरेकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले गठबन्धनको मोहले थापालाई मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी हुन् । चौधरीले लेखेकी छिन्, ’गगन जी तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ ।

तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’

सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा थापाले केपी ओलीलाई निर्वाचनको हारपछि रन्थनिएका बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै