Comments Add Comment

Advertisment

SKIP THIS

पेट्रोल छर्केर आगो लगाएर भाउजूको हत्या , देवर पक्राउ

१६ जेठ , काठमाडौं । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन्।

उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाईरहेको अवस्थामा जिउभरी पेट्रोल छर्की आगो लगाएका थिए।

उपचारको क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालक‍ो नेतृत्वको टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै