Comments Add Comment

Advertisment

SKIP THIS

बालेनले ‘नेपहपको श्रीपेच’लाई निरन्तरता दिने

१९ जेठ , काठमाडौं । मेयर बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् ।

शोका निर्देशक निकेश खड्काका अनुसार बालेन नै जुरीको रुपमा निरन्तर हुने बताएका छन् । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् ।

बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ । अन्य दुई जुरीमा र्‍यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । ग्रान्ड फिनाले चाहिं असार १४ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै