Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२६ जेठ , काठमाडौं । अवैध लागूऔषध करिब १ ग्राम खैरो हेटोईन सहित पर्सा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेलीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ बस्ने ४८ वर्षीय डिजेन राजबंशीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम, १ थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय ५० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, तराजु र नगद फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनीउपर गरिएको सोधपुछ तथा अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा पाँचथर फिदिम नगरपालिका-७ बस्ने २२ वर्षीय सुजन गुरुङको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

नियन्त्रित लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ