Comments Add Comment

अमेरिकाले अपहरणको शैलीमा आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनको आरोप

३० जेठ , काठमाडौं । चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन् ।

साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ भन्ने अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँएका छन् ।

रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएको र जवाफमा यसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्नको संज्ञा दिएका थिए । बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै