३१ जेठ , काठमाडौं । अभिनेत्री दीपिका पादुकोण फिल्म ‘ब्रम्हस्त्र’ मा देखिने भएकी छन् । रणवीर कपुर र आलिया भट्टको मुख्य भुमिका रहेको यो फिल्ममा दीपिका स्पेशल भूमिकामा देखिन लागेकी हुन् ।
फिल्मसँग नजिक युनिट सदस्यका अनुसार दीपिकाको भूमिका फिल्मको पहिलो हाफभन्दा दोस्रो हाफमा बलियो छ । फिल्मका निर्देशक आयान मुखर्जी हुन् । दीपिकाले यस अगाडि आयान र रणवीर कपुरसँग फिल्म ‘ये जवानी है दिवानी’ मा काम गरेकी थिइन् ।
रिपोर्टका अनुसार फिल्ममा दीपिकाको अलवा शाहरुख खान समेत अतिथि भुमिकामा देखिनेछन् । आयानको यो फिल्मको रिलिज मिति सेब्टेम्बर ९ बताइएको छ । फिल्ममा अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन अक्किनेनी लगायतको मुख्य भूमिकामा देखिँदैछन् ।


