काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो।
न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए। यस्तै बाल यौन दुर्व्यवहारको मुद्दामा भने उनीसँग एक लाख धरौटी माग गरिएको दाहालले बताए।
उनलाई डिल्लीबजार कारागार पठाउन आदेश भएको हो।


