२४ जेठ , काठमाडौ । लुम्बिनी प्रदेश सरकारले मंगलबार (भोलि) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८र७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ गते प्रदेशसभाबाट बजेट ल्याउँने तयारी भएको उनले जानकारी दिए । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरेको हो ।
नीति तथा कार्यक्रम र बजेट संसदबाटै बहुमतले पारित गरेर देखाउँने सरकारका प्रवक्ता चौधरीले दाबी गरे । यस्तै लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ ।
मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थपिएको मन्त्री चौधरीले जानकारी दिए । दोस्रो भेरियन्ट आईसकेपछि १०–१० करोड गरी २० करोड विनियोजन गरिसकेको प्रवक्ता चौधरीले बताए ।