Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा २३ वर्षीय युवककाे शव फेला

७ असार , काठमाडौं । सर्लाहीमा १ युवाको शव फेला परेको छ ।

कविलासी नगरपालिका–८ मा करिब २३ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या भएको आशंका गरिएको र यस सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकी ले जानकारी दिए ।

बुढाथोकीका अनुसार ठाकुरको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडीनजिक भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै