Comments Add Comment

Advertisment

SKIP THIS

गिग्सद्वारा वेल्सको म्यानेजर पदबाट राजीनामा

७ असार , काठमाडौं । रायन गिग्सले वेल्सको राष्ट्रिय टोलीको म्यानेजर पदबाट ‘तत्काल लागू हुने’ गरी राजीनामा दिएका छन् । ४८ वर्षीय म्यानचेस्टर युनाइटेडका पूर्व विङ्गर सन् २०२० को नोभेम्बरमा पक्राउ परेपछि सो भूमिकाबाट टाढा रहँदै आएका थिए ।

गिग्समाथि पूर्व प्रेमिकाले हिंसाको आरोप लगाएकी थिइन् । जसलाई गिग्सले अस्वीकार गर्दै आइरहेका छन् । गिग्सको अनुपस्थितिमा रोबर्ट पेजले टोलीको नेतृत्व सम्हाल्दै आएका थिए । उनले वेल्सलाई सन् १९५८ पछि पहिलोपटक विश्वकप छनोट गराएका छन् ।

एक वक्तव्य जारी गर्दै गिग्सले लामो सोच विचारपछि टोलीको म्यानेजर पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले वेल्सको फुटबल एसोसिएसन, आफ्ना सहकर्मी र खेलाडीहरूले मुख्य प्रशिक्षकबारे कुनै अन्योल नरही विश्वकपका लागि तयारी गर्न पाउन सही हुने उल्लेख गरेका छन् । वेल्स एफएले गिग्सलाई म्यानेजरका रूपमा उनको कार्यकालका लागि धन्यवाद दिँदै सो निर्णयलाई स्वागत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै