Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित

१० असार , काठमाडौं । अमेरिकी सिनेटले बन्दुक तथा हतियारसम्बन्धी कानुन अर्थात् बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटले पारित गरेको छ ।

विधेयकको पक्षमा ६५ मत खसेर अनुमोदन भएको हो । उक्त विधेयक आउनुमा गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डलाई श्रेय जान्छ, जसमा ३१ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति जो बाइडेनले कानुनमा हस्ताक्षर गर्नु अगाडि विधेयक प्रतिनिधि सभामा पारित गर्नुपर्नेछ । जुन केहीदिन भित्रै हुने अपेक्षा गरिएको छ । यद्यपि, विधेयकमा परेका प्रस्तावहरू डेमोक्र्याट र कार्यकर्ताहरूले आह्वान गरेभन्दा धेरै कम परेको बीबीसीले टिप्पणी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै