Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

१६ असार , काठमाडौं । झापाको कमल गाउँपालिका–४ चुलाचुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दीपक नेपाल रहेका छन् ।

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गए राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment