Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा रङ लगाउदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु

२४ असार , काठमाडौँ । पोखरामा रङ लगाउदै गरेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बसोबास गर्ने करिब ४० वर्षीय कृष्णबहादुर राना मगर रहेका छन् । मगरको आज दिउसो निर्माणाधीन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।

मगरले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै