Comments Add Comment

Advertisment

SKIP THIS

लगायत फिल्ममा मानुषी

२५ असार , काठमाडौँ । पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । मानुषीको यो पहिलो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, मानुषीका लागि बलिउडको ढोका भने बन्द भएन । यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन् ।

उनको हालै मात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन् । यो फिल्मको सुटिङ युरोपमा हुनेछ । यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन । मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन् ।

यशराजको सम्झौता पोलिसी अनुसार मानुषीले लगातार तीन फिल्ममा अभिनय गरेपछि मात्र बाहिरी ब्यानरमा काम गर्न पाउने छिन्। बलिउडमा कयौँ स्टार बनाउन सफल यशराज फिल्म्सकै भरमा मानुषी बलिउडमा डेब्यु गरेकी हुन्।

मानुषी चाँडै नै अभिनेता विक्की कौशल र रणवीर सिंहका साथ नयाँ फिल्ममा देखिँदै छिन् । यद्यपि, यसबारे आधिकारिक घोषणा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै