Comments Add Comment

Advertisment

SKIP THIS

यम बुद्धको सालिक बनाउने मेयर बालेनको निर्णय स्वागतयोग्य : उपाध्यक्ष पौडेल

३० असार , काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यम बुद्धको सालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् ।

यम बुद्धको सालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख शाहले काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धका सालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । सालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

सालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख शाहले आफ्नै तलबमा यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।

सालिक निर्माण गर्ने कुराको नेकपा एमालेका नेताहरूले पनि आलोचना गरेका थिए । तर बुधबार प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार दिएपछि उपाध्यक्ष पौडेलले सालिक बनाउने निर्णयको स्वागत गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै