Comments Add Comment

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

३ साउन , काठमाडौँ । हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका-४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका-६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक संजालमार्फत सम्पर्क गरी प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने, दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन नक्कली प्रहरी निरीक्षक खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने र पीडित व्यक्तिका आफन्तलाई समाजिक संजाल मार्फत साथी बनाई प्रहरीकोमा निबेदन दिएको छु भनि नक्कली प्रहरी निरीक्षकसँग कुरा गरी राखेको रेकर्ड पठाई धम्काउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment