८ साउन , काठमाडौँ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरद्धारा आयोजित सप्ताहव्यापी वृक्षारोपण कार्यक्रममा सुभारम्भ भएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित सामुदायिक सेवा केन्द्रका संस्थापक सदस्य, वर्तमान पदाधिकारीहरु, स्थानिय वुद्धिजिवि एवं समाजसेवी, संघसंस्था तथा आमा समुहहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुवीच अन्तर्कृया तथा परिचयात्मक कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुखले समाजमा अपराध रोकथाम एवं शान्ति सुरक्षा कायम गर्नमा सामुदायिक सेवा केन्द्रले खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत अझ बढी क्रियाशिल भई लाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।








