Comments Add Comment

Advertisment

SKIP THIS

गायक प्रशान्त तामाङलाई पुत्रीलाभ , छोरीको नाम आरिया

११ साउन , काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती मार्था एलीले छोरी जन्माएकी छिन् । यो खबर प्रशान्तले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

प्रशान्तले बुधबार आफ्नो फेसबुक अकाउन्टमा छोरीको तस्बिरसहित लेखेका छन्, ‘मेरी राजकुमारीलाई यो संसारमा स्वागत छ । तपाईंहरु सबैको माया र आशीर्वादका लागि धन्यवाद ।’

उनीहरुले आफ्नी छोरीको नाम आरिया राखेका छन् । प्रशान्त तामाङ इन्डियन आइडल ३ का बिजेता हुन् र उनकी श्रीमती मार्था भने एयर होस्टेस हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment