Comments Add Comment

Advertisment

SKIP THIS

मुद्रास्फीति बढ्दै गएपछि धेरै अमेरिकी दोस्रो काम गर्न वाध्य

१३ साउन , काठमाडौँ । अमेरिकी मुद्रास्फीतिले गर्दा प्राय अमेरिकी कामदारले आफ्नो घरखर्च चलाउनका लागि थप काम गर्न वाध्य भएका छन्। धेरै मानिसहरूले खाना, ग्यास, भाडा र अन्य आवश्यकताहरूको बढ्दो लागतलाई कभर गर्न कठिन भएको बताएका छन्। तैपनि ४० वर्षयताकै उच्च मुद्रास्फीतिले करोडौं घरपरिवारमा ठूलो बोझ परेको छ । हालैको सर्वेक्षण अनुसार तीन चौथाई मध्यम आय भएका अमेरिकीहरू भन्छन् कि उनीहरूले जीवनयापनको लागत तिर्न पर्याप्त कमाउन सकेका छैन।

सेन्ट लुइस फेडरल रिजर्भको तथ्याङ्क अनुसार, सन् २०२० मा अमेरिकामा महामारी फैलिएपछि, लगभग ४ प्रतिशत कामदारहरु संयुक्त राज्य अमेरिकामा एकभन्दा धेरै कामहरू गर्ने गर्थे। यस वर्षको जुन सम्म, त्यो संख्या लगभग शतप्रतिशतमा पुगिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै