Comments Add Comment

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङलाई मन्त्री चौधरीको निम्तो

१५ साउन , काठमाडौ । सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् ।

सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’

हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने बताएका मन्त्री चौधरीले साम्पाङको खुलेरै प्रशंसा गर्दै भने, ‘प्रमुख सा’बले सुरु गर्नुभएका सबै योजनामा पुरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु ।’ मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू रु

मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरानमा रहेको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment