Comments Add Comment

Advertisment

SKIP THIS

हुम्लाको चारवटा बस्तीमा १२५ किलोवाट विद्युत् उत्पादन

१५ साउन , काठमाडौ ।  हिमाली सोलार मिनी ग्रिड कार्यक्रमबाट एउटै गाउँपालिकाका चारवटा बस्तीमा १२५ किलोवाट विद्युत् उत्पादन भएको छ। नेपाल सरकारको वैकल्पिक ऊर्जा कार्यक्रम र कर्णाली प्रदेश सरकारको लागत साझेदारीमा हुम्लामा सौर्य विद्युत् उत्पादन गरिएको गोरखापत्र अनलाइनले लेखेको छ।

हुम्लाको ताँजाकोट गाउँपालिका–४, सिरुपाटा गाउँकी जानकी थापाले गाउँमै निर्माण भएको सोलार मिनी ग्रिडबाट उत्पादन भएको विद्युत् उपभोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । सो गाउँका लागि २० किलोवाट विद्युत् उत्पादन भएको हो। मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएसँगै दियालो र टुकीमाराबाट मुक्ति मिलेको छ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले वडा नं. ४ र ५ का चार बस्तीमा गरी १२५ किलोवाट सौर्य विद्युत् उत्पादन भएको बताउनुभयो। उहाँले वडा नं। ४ को सिरुपाटामा २० किलोवाट र गोठेलवाडामा ५० किलोवाट तथा वडा नं। ५ को चिहीमा १५ किलोवाट र लोटपाटामा ४० किलोवाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो।

विद्युत् उत्पादन भएपछि दुवै वडाका सबै बस्तीमा विद्युतीकरण भएको छ। यसका लागि एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा कार्यक्रमबाट आठ करोड र कर्णाली प्रदेश सरकारको कर्णाली उज्यालो कार्यक्रमबाट ८४ लाख गरी कुल आठ करोड ८४ लाख रुपियाँको लागतमा सो मिनी ग्रिड निर्माण भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै