काठमाडौ काे टोखा नगरपालिका वडा नम्बर २ स्थित टोखा ओरालो नजिकै डरलाग्दो दुर्घटना भएको छ ।
आज मध्याह्न भएको सो दुर्घटनामा ४ वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको टोखास्थित प्रहरी प्रभागले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।

टोखा ओरालोमा नजिकै भएको दुर्घटनामा एउटा कार , २ वटा स्कुटर र एक मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा प्रदेश नम्बर ३-०१-०२३ च ७२८० नम्बरको गाडी र बा ५१ प ६ ९ ५८ नम्बरको मोटरसाइकल त्यस्तै बा ९ ८ प ८०८ र बा ५६ प ९ ५३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको टोखा प्रहरी पोस्टका बरिस्ठ नायब निरीक्षक जयबहादुर सिंहले बताए १ घाइतेहरुलाई द्रुत गतिमा प्रहरीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुर्याएकाले मानवीय क्षति भने नभएको निरीक्षक सिंहले बताए ।
थप रिपोर्टिङ आउन बाकी





