Comments Add Comment

Advertisment

SKIP THIS

सिटिजन्स बैंकका ग्राहकलाई राजी क्लिनिकमा छुट उपलब्ध

२० साउन , काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको राजी क्लिनिकमा उपचारको सेवा लिने आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ्य परीक्षणहरूमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेस्टमा ३० प्रतिशतसम्म छुट दिइने जनाइएको छ । यसका साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्शजस्ता सेवा निःशुल्क पाउनुका साथै दीर्घ रोगीहरूका लागि घरमै सेवा दिने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ८० शाखा, एक सय ३२ एटिएम र ९६ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै