Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी अमेरिका जाँदै

२२ साउन , काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक एकैपटक अमेरिका जाने भएका छन् । अमेरिकामा हुने विश्वभरीका प्रहरीहरुको सम्मेलनमा भाग लिन दुवै महानिरीक्षक भदौ तेस्रो साता भ्रमणमा जान लागेका छन् ।

यूएनकप्स भनिने संयुक्त राष्ट्र संघले आयोजना गर्ने यस्तो सम्मेलन हरेक वर्ष हुने गरेको छ । आगमी १५ र १६ भदौमा राष्ट्रसंघको मुख्यालयमा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख र उच्च सुरक्षा अधिकारीले विश्वका सुरक्षा चुनौती र त्यसविरुद्धको सहकार्यको विषयमा छलफल गर्नेछन् । यस्तो सम्मेलनमा द्वीपक्षीय छलफहरु समेत हुने गरेको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले दुवै आइजिपीको भ्रमण स्वीकृत गरेको छ । एकै दिन आइजिपी भएका सिंह र अर्यालको यो पहिलो विदेश भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै