Comments Add Comment

Advertisment

SKIP THIS

आफ्ना ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराउन थप २९ कम्पनीसँग सिभिल बैंकको सम्झौता

२३ साउन , काठमाडौं । सिभिल बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधा तथा छुट उपलब्ध गराउन थप २९ कम्पनीहरूसँग सम्झौता गरेको छ । बैंकले आफूले प्रदान गर्ने उत्कृष्ट सेवा र सुविधामा मात्र सीमित नरहेर डिजिटल पेमेन्ट गर्ने ग्राहकलाई थप सुविधा उपलब्ध गराउन विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको हो ।

ग्राहकले बैंकका विभिन्न साझेदारहरूबाट विभिन्न वस्तु वा सेवा उपभोग गर्दा शुल्कमा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको जनाएको छ । यसरी सम्झौता गरिएका कम्पनीहरूमा रोनिक प्याथोलोजी, लेखनाथ होटेल ट्रेनिङ सेन्टर, सत्कार होटेल एन्ड स्पा, पाँचथर अप्टिकल एन्ड मोबाइल हाउस, गण्डकी भान्सा एन्ड रेस्टुरेन्ट, भोलेबाबा काठ फर्निचर उद्योग, नान्स्क होटेल, गणपति होटेल एन्ड रिसोर्ट, लेट मी इन, मास्के ग्रोसरी मार्ट रहेका छन् ।

त्यस्तै, मास्के सेन्ट्रल हस्पिटल, होटेल झिनेवा एन्ड राप्ती भ्यु, सम्देन ट्रेड लिंक, हेयर एन्ड शान्ति युनिसेक्स सैलुन, वी केयर हेल्थ सेन्टर, युनिभर्सल साइकल ट्रेड, सानदार क्याफे, श्री बालाजी डाइमन्ड, ह्यात एक्सक्लुसिभ फेब्रिक, प्लानेट रिक्रिएसन सेन्टरसँग पनि सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार होटेल स्वाद, सिसा लाउन्ज बार एन्ड गेस्टहाउस, सी यू क्याफे एन्ड रेस्ट्रो, एमएसडी इन्डस्ट्रिज, फिल द केक, जेस्सी पेन्नी, मोरिसन क्याफे, रेड विन्स रेस्ट्रो र बेड रक रिसोर्टसँग पनि बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै