Comments Add Comment

Advertisment

SKIP THIS

‘वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन सकेन’ : उपनेता सुवासचन्द्र नेम्वाङ

२४ साउन , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन्।

यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र संघीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो ।

उपनेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए ।

त्यसैगरी सो कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै