Comments Add Comment

Advertisment

SKIP THIS

जिम्बाव्वेविरूद्ध भारतको कप्तानी राहुलले सम्हाल्ने

२७ साउन , काठमाडौं । भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ ।

कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए ।

राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् ।

यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखला ३-० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए । राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।

राहुलले सन् २०१६ मा जिम्बाब्वेविरुद्ध आफ्नो खेलजीवनको पहिलो शतक पूरा गरेका थिए ।उनले एक दिवसीय क्रिकेटमा अहिलेसम्म पाँच पटक शतक प्रहार गरिसकेका छन् ।

तीन एक दिवसीय खेलको शृंखलाअन्तर्गतको पहिलो खेल अगस्ट १८ मा हरारेमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै