३१ साउन , काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
आईओसीले पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ ८० पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ । यस्तै, डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको छ भने हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।
यसको जानकारी दिनका लागि निगमले ५ बजे पत्रकार सम्मेलन गर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
पछिल्लो समय आईओसीले पेट्रोलियम पदार्थको मूल्य दुईपटक घटाएर पठाएको छ । तर, निगमले भने नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन ।
अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेकाले मूल्य समयोजन नभएको बताइएको छ ।





