१ भदौ , काठमाडौं । काठमाडौ महानगरपालिका १६ पकनाजोलबाट चोरी भई हराएको मोटरसाईकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भई हाल काठमाडौको बालाजु बस्ने २४ बर्षिय अमर सुनार रहेका छन् । उनले चलाएको बागमती प्रदेश ०२ ०२० प ३९६८ नम्बरको २२० सिसिको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाईकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२ ०२० प ३९६८ नम्बर प्रयोग गरी चलाईरहेको पाईएकोले उनलाई उक्त मोटरसाईकल सहित काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले आज साँझ ५ बजे पकनाजोलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारलाई मोटरसाईकल सहित थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी बृत नयाँवानेश्वर पठाईएको छ । उक्त मोटरसाईकल गत बैशाख २६ गते वानेश्वर स्थित मिलनचोकबाट हराएको भनि जिल्ला बारा स्वरण घर भई हाल काठमाण्डौको सिफल बस्ने रमोद ठाकुर लोहारले निवेदन दिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभएको छ ।







