Comments Add Comment

Advertisment

SKIP THIS

डिआइजी मीरा चौधरीद्वारा ट्राफिक स्वयम् सेवक क्याप हस्तान्तरण

ट्राफिक स्वयम् सेवक क्याप हस्तान्तरण तथा ट्राफिक स्वयम् सेवक परिचालन कार्यक्रम आज सोह्रखुट्टे स्थित नेपा ब्यान्केटमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

छाया नेपालको सहयोगमा प्राप्त २ सय ५० थान ट्राफिक स्वयम् सेवक क्याप प्रहरी नायब महानिरीक्षक चौधरीले नेपाल स्काउटलाई हस्तान्तरण गरेर ट्राफिक स्वयम सेवक परिचालनको सुरुवात गर्नुभएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल स्काउट सिद्धिगणेश रोभर रेन्जर क्र्युको समन्वय तथा छाया नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्वेत सदन स्कूल एण्ड कलेज सामाखुशी, प्रगति बोर्डिङ हाई स्कूल बालाजु, इलिक्स स्कूल बहती पोखरी, ज्ञान मन्दिर सेकेण्डरी ई स्कूल, गण्डकी पब्लिक स्कूल, हिम रश्मी हाई स्कूल, अमृत सेकेण्डरी स्कूल, युनिक रेञ्जर रोभर क्र्यु र सिद्धि गणेश माध्यामिक विद्यालय समेत गरी ९ विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रहरी नायव महानिरीक्षक चौधरीले उमेरको आधारमा हेर्ने हो भने सबै भन्दा बढी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति पर्ने कुरा उल्लेख गर्नु भयो । साथै उहाँले सवारी चालक अनुमति पत्र नलिई कसैले पनि सवारी नचलाउन अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै