Comments Add Comment

Advertisment

SKIP THIS

दाङ ट्राफिकले चर्को आवाज निकाल्ने मोटरसाइकलहरु धमाधम पक्राउ ट्राफिक प्रमुख : परियार

(सागर थापा) दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चर्को आवाज निकाल्ने मोटरसाइकल धमाधम पक्राउ गरी कारबाही सुरु गरेको छ ।                                                                    मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकल लगाएत सम्पूर्ण सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताए ।

दाङ ट्राफिक प्रमुख परियारले कम्पनीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुन विपरित भएको समेत उनले बताए ।

दाङ जिल्ला ट्राफिक प्रहरीको अप्रेसनमा १३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर छोडेको थियो । ​नियन्त्रणमा लिइएका मोटरसाइकलाई पहिलो पटकलाई १५०० सय रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएर मात्र ट्राफिकले जान दिएको छ । मोटरसाइकललाई पुरानै अवस्थामा लगेर अभिभावकको जिम्मा लगाइने फ़ेरि पनि ट्राफिक नियम उलंघन गरे ५००० हजार सम्म कार्वाही सोरुप जरिवाना गर्ने ट्राफिक प्रमुख परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै