Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरमा १६० केजी गाँजासहित एक जना पक्राउ

२३ भदौ , काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका- १ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका- १८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

बागझोरा पुगेपछि प्रहरीले उक्त कारलाई नियन्त्रणमा लिई जाँच गर्दा लागूऔषध फेला पारी चालक टेक बहादुरलाई पक्राउ गरेको हो । कारमा सवार हाल फरार अन्य एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै