Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से आज दोहोरो अङ्कले बढ्यो

२८ भाद्र , काठमाडौँ । आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ३४ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । बजार बढे पनि कारोबार रकममा भने धेरै सुधार आएको छैन । दुई सय ३१ वटा कम्पनीकाे ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरकाे शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै