६ असोज , काठमाडौँ । विवेकशील साझा पार्टीमा आबद्ध भई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले पार्टीमा स्वागत गरेका थिए ।
सोही कार्यक्रममार्फत पूर्वआईजीपी सर्वेन्द्र खनाललगायत समेत एमालेमा प्रवेश गरेका थिए ।







